मतदानको दिनमा तनहुँ -१ भित्र सवारी साधन चलाउन नपाइने

दमौली : आगामी बैशाख १० गते पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ-१ को निर्वाचन क्षेत्र भित्र सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।

निर्वाचन तनहुँ -१ मा मतदान समय अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जानकारी दिए ।

मुग्लिङ देखि दमौली चापाघाटसम्म २/३ घण्टाको बिचमा सुरक्षाकर्मिको स्कर्टिङमा यातायात सन्चालन गरिने प्रजिअ रिजालले बताए । उनले निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पुरा भएको जनाए।

प्रजिअका अनुसार मिडिया, सुरक्षाकर्मी, ,पर्यवेक्षक भन्दा बाहेकको सवारी साधनको लागि अनिवार्य रुपमा पास लिएर मात्र हिड्नु पर्ने उनले बताए।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त रहेको थियो । रिक्त पदमा वैशाख १० गते निर्वाचन हुन लागेको हो ।

यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले सहित ९ उमेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?