शुक्लागण्डकीमा एक युवकको हत्या, स्याङ्जाका देवहादुर पक्राउ

दमौली : तनहुँको शुक्लागण्डकी–७, शान्तिनगरस्थित खैरेनीटार- भिमाद सडकको नालीमा एक युवकको शव हत्या गरेर फालेको अवस्थामा भेटिएको छ ।

दोभानको उकालो नजिकै एक्लेवरमा विहान ५:४५ बजे बेवारिसे अवस्थामा स्थानीय ३८ बर्षका सुरेन्द्र बि.कको शव फेला परेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा वेबारिसे अवस्थामा मान्छे लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले प्रारम्भिक रूपमा अनुसन्धान गर्दा बि.कको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको देखिएको प्रहरीले जनाएको छ।

उनका अनुसार घट्नामा संलग्न भएको आशंकामा स्याङ्जा हरिनास गाउँपालिका-४, गृहकोट स्थायी घर भई शुक्लागण्डकी-७,शान्ति नगरमा डेरा गरी बस्ने वर्ष ५७ का देवबहादुर चन्दलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?