दमौली : आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन–२ र तनहुँ–१ को अन्तिम नतिजा आइसकेको छ ।
तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भए । तर, कतिपय उमेदवारले सय मत पनि कटाउन सकेनन् ।
नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतीले ३१ तथा नेकपा (समाजवादी)का गणेश श्रेष्ठले पाँच मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?