सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने

दमौली  : जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदामा पनि कार्यालयले सेवा प्रवाह गर्ने भएको छ।

सर्वसाधारणलाई अत्यावस्यक सेवा प्रदान गर्न सार्वजनिक बिदामा समेत कार्यालयले सेवा दिने लागेको हो।

वर्षभरिका सरकारी विदामा कार्यालय सञ्चालन गरी नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए।

उनका अनुसार राजपत्रमा सेवाग्राहीलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए अनुसार तीनवटा कार्य सार्वजनिक बिदाका दिनमा समेत गरिने निर्णय भएको छ।

एक वर्षमा रहेका १६ वटा पर्व र विभिन्न जयन्तीका अवसरमा हुने बिदामा सेवा प्रदान गरिने उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?