नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय कमिटिका सदस्य एक बहादुर रानाले मासवादी सिद्धतलाई जनताको बहुदलीय जनवादको रुपमा स्व. नेता मदन भण्डारीले जन्म दिएको बताए । आज पनि हामी क. भण्डारीकै सिद्धत लिएर अगाडी बढ्नु पर्नेमा रानाले उपस्थित माहिला कार्यकर्ताहरुलाई जोड दिएका थिए ।
विश्वमै पहिलो माहिला पुरुष बिचको बिबेद, समाजमा भएको छुवाछुत र समाज भएको असमानता अन्त्य हुनु पर्छ भन्ने सिद्धान्ता बोकेको नेपाल कम्युनिष्ट पार्टीले लिएको कारणले गर्दा यसको सदस्यता लिन डराउन नहुने रानाले बताए । अखिल नेपाल महिला संघ व्यास नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै “अब माहिलाहरु घरको काममा मात्र सिमित नभएर देश समाजको बारेमा पनि सोझ्नु पर्छ , अखिल नेपाल महिला संघ जन्मिदा खेरी धेरै दुःख रहेपनि अहिले त्यही चुनौति रहेको थियो । अहिलेको अवस्थामा आइपुदा महिलाहरुलाई अनिवार्य छ र यो सबैको सफलता अखिल नेपाल महिला संघले गरेको मेहेनतको प्रतिफल हो । पुरुषवादी समाजलाई तोड्नका लागि अखिल नेपाल संघले गर्नु पर्छ” उनले भने ।
त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यवाहक अध्यक्ष श्री प्रसाद श्रेष्ठले ३५ हजारको डल्लो मत लिएर किसान श्रेष्ठ हात्तीको गति देशै हिडेपनि हामीलाई अब आपत्ति नरहेको बताए । टुक्रेको पार्टीलाई एकृकित समाजवादी पार्टी नभएर चुइटेको पार्टी भनेर राखेको भए सुवाउने थियो श्रेष्ठले भने ।
अखिल नेपाल माहिला संघ जिल्ला कमिटीका सचिव वसुन्धरा घर्तीको सभ्पतित्वामा भएको उक्त भेलामा नेपाल कम्युनिष्ट पार्टी एमाले एमालेका कार्यालय सचिव राजेश्वर ढकाल , जिल्ला सदस्यहरु हरिराज कंडेल र शोभा श्रेष्ठ , युवा संघका केन्द्रीय सदस्य मदन तिमिल्सेन र अखिल मजदुर किसान महासंघ जिल्ला उपाध्यक्ष वामदेव खनाल लगयातको उपस्थिति रहेको थियो ।उक्त भेलालाई अनेमसका सदस्य मन्जु अधिकारीले सम्पूर्ण आगन्तुक कार्यकर्तालाई स्वागत मन्तब्य दिई स्वागत गरेका थिए ।
त्यसगरी उक्त भेलाले जौमाया रयामाजीको अध्यक्षतामा व्यास नगर स्तरीय ३१ सदस्य कमिटी पनि गठन गरेको अखिल नेपाल माहिला संघ जिल्ला कमिटीका सचिव वसुन्धरा घर्तीले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?