आँधीखोलामा घरमा ठोक्कियो ट्रक, एघार जना घाइते

दमौली : तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

ना४ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको नेपाल पत्रकार महासङ्घ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले जानकारी दिए। दुर्घटनामा घाइते हुनेमा विद्यालय जान बस कुरिरहेका विद्यार्थी रहेका छन् ।

महासङ्घ तनहुँका उपाध्यक्ष अधिकारीका अनुसार दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल , ३५ वर्षीया शान्ति भुजेल, २६ वर्षीया सबि भुजेल र ३३ वर्षीया सुन माया भुजेल रहेका छन् ।

ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?