गणेश खोलाको पुलमा फेरि खाल्डो पर्‍यो, पुनः सडक अवरुद्ध

धादिङ : धादिङ धार्केको गणेश खोलामा रहेको पुलको जमिन भासिएपछि मर्मत गरेर एकतर्फी सञ्चालनमा आएको सडक पुन भासिएसँगै अवरुद्ध भएको छ ।

सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत धार्के खण्ड मर्मतपछि एकतर्फी सञ्चालनमा आएको थियो । तर आज एक्कासि सोही स्थानमा सडकमा प्वाल परेपछि सडक अवरुद्ध भएको छ ।

सोमबारबाट अवरुद्ध भएको सडक २० घण्टाको निरन्तर मर्मतपछि हिजो बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा भएपनि आजबाट पुनः अवरुद्ध भएको हो ।

बाटो अवरूद्ध भएकाले काठमाडौंबाट आउने सवारीलाई कुलेखानी, त्रिभुवन राजपथ र नुवाकोट बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

यसअघि भासिएको ठाउँमा ६ तह जाली बिछ्याएर ग्याबिन लगाइएको थियो।

तस्बिर : शिवराज आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?