आँधीखोलामा ट्रकको ठक्करबाट घाइतेमध्ये तीन जनाको मृत्यु

दमौली : तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ८ जना घाइते मध्ये तीन जनाको मृत्यु भएका छन् ।

मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका-१ का १२ वर्षीया आयुस भुजेल,  ५० वर्षीया  चेत बहादुर घर्ती र ६९ वर्षीय सन बहादुर भुजेल रहेका छन् ।

ना४ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

घाईतेहरुलाई उपचारको लागि  चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा घाईतेहरु मध्ये ३ जनाको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

दुर्घटनामा घाइते हुनेमा विद्यालय जान बस कुरिरहेका विद्यार्थी रहेका छन् । दुर्घटनामा घाइते ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल,८ वर्षिया समिर भुजेल, ५ वर्षीय सन्तोष भुजेल र १० वर्षीया जस्मिन भुजेल सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?