गगनले भने– नक्कली शरणार्थी प्रकरणमा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छz

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने प्रकरणमा गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका हुन् ।

“नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो ।” थापाले लेखेका छन् ।

उनले यस प्रकरणमा संलग्न जोसुकै ओहदा र शक्तिको आडमा भएका व्यक्तिलाई कानुनको दायरामा ल्याउनु पर्ने बताएका छन् । उनले भने, “अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?