बुद्ध जयन्तीमा तनहुँ प्रशासनले अत्यावश्यक सेवा दिने

दमौली :  जिल्ला प्रशासन कार्यालय तनहुँले भोलि (शुक्रबार) सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धि सेवा दिने भएको छ ।

भोलि शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए।

उनका अनुसार राजपत्रमा सेवाग्राहीलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष व्यवस्था भए अनुसार तीनवटा कार्य सार्वजनिक बिदाका दिनमा समेत गरिने निर्णय भएको जनाएको छ।

एक वर्षमा रहेका १६ वटा पर्व र विभिन्न जयन्तीका अवसरमा हुने बिदामा सेवा प्रदान गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?