काठमाडौ : नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
रिजाल पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?