शंकर कँडेल मृत्यु प्रकरण बारे रविले भने – राजनीतिको रङ नपोतियोस् भनेर सचेत छु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् ।

अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनले आइतबार दिउँसो फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका छन् ।

घटनामा राजनीतिको रङ नपोतियोस् भनेर आफू सचेत रहेको उनले बताएका छन् । आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको उनले खुलाएका छन् ।

प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको उनको भनाइ छ । चितवनले एउटा असल मानिस गुमाएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?