बालकृष्ण खाँणका स्वकीय सचिव पनि समातिए, पक्राउ पर्नेको सङ्ख्या १२ पुग्यो

काठमाडौं : पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । यस्तै बुधबार नै पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले चुच्चेपाटी स्थित निवासबाट पक्राउ गरेको थियो ।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?