दमौली : तनहुँको आवुँखैरेनी गाउँपालिकाले शैक्षिक सुधारकोलागि भारतको राजधानी नयाँ दिल्लीका विभिन्न शैक्षिक प्रतिष्ठानको भ्रमण गरेको छ ।गाउँपालिकाले अगाडी सारेकाे शैक्षिक सुधार अभियान अन्तरगत दिल्लीका नमूना विद्यालयकाे भ्रमण गरी त्यहाँकाे असल अभ्यासकाे सिकाइ गर्न खाेजिएकाे हाे ।
सेल फर हयुमन भ्यालु एण्ड ट्रान्सफरमेशन लर्निङ्ग (सेक्रेट) दिल्लीको निमन्त्रणामा आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले बैशाख २२ गतेदेखि २६ गतेसम्म दिल्लीको नमुना विद्यालय र शैक्षिक प्रतिष्ठानहरुको अवलोकन भ्रमण गरेका थिए ।
आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा १९ जनाको भ्रमण टोलीले भारतको नयाँदिल्ली स्थित केही नमुना विद्यालयहरुको भ्रमण गरेको थियो ।
सामुदायिक विद्यालयको शिक्षा सुधारकोलागि नयाँ दिल्लीमा मुख्यमन्त्री केजरीवालको सरकारले अभ्यास गरेका विभिन्न मोडलहरु नजिकबाट अवलोकन गर्ने अवसर मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
विद्यार्थीलाइ विद्यालय स्तरको अध्यन पुरा गरेपछि उद्यमी बनाउन उद्यमशिलता सिकाइ कक्षा, हरेक संकायमा प्रयोग शाला प्रयोगात्मक सिकाइ, जिवन के हो ? मानव जिवनमा आईपर्ने दुःख र सुखको क्षणलाई कसरी व्यवस्थापन गर्ने भन्ने ह्याप्पीनेस पाठ्यक्रमबाट पाठ्यसामग्री प्रयोग गरि शिक्षण सिकाइ अभ्यासले भ्रमणमा रहेको सिङ्गो टिमलाइ नै प्रभावित बनाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।
यस भ्रमणबाट सिकेका भौतिक, आर्थिक, शिक्षण सिकाई प्रयोगात्मक शिक्षण लगायतको बिषयलाई हालको अवस्थाको शिक्षामा रुपान्तरण गर्नका लागि गाउँपालिकाल नयाँ अभ्यासको सुरु गर्ने लक्ष्य लिएको चुमानले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?