गण्डकीमा मन्त्रीको लिष्टबाट मनाङे आउट, तनहुँका जीतप्रकाश इन

दमौली : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको लिष्टबाट बाहिरिएका छन् ।

शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (एकीकृत समाजवादी)का सांसद मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर कांग्रेसबाट आले मन्त्री बनाइएका हुन् ।

शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्ततः मन्त्री नबनाउने निश्कर्षमा पुगेको हुन् ।

मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् । तर, केन्द्रको गठबन्धन बिग्रन सक्ने भएकाले बनाउनुपर्ने दबाब उनीमाथि थियो ।

तनहुँ कांगेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् ।

मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?