मासु व्यवसायी तनहुँको अध्यक्षमा जीवन शाही

तनहुँ मासु व्यवसायी समितिको अध्यक्षमा जीवन शाही चयन भएका छन् ।

नयाँ नेतृत्वका लागि आज शनिवार दिउसो निम्तो पार्टी प्यालेसमा भएको व्यसायी समितिको सातौ वार्षिक साधारण सभा तथा पाचौ अधिवेशनमा उपस्थित मासु व्यवसायीहरुको भेलाले सर्वसम्मत रुपमा शाहीलाई अध्यक्षमा चयन गरेको निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता त्रिभुवन श्रेष्ठले जानकारी दिए । नयाँ कार्य समितिहरु बरिष्ठ उपाध्यक्षमा बिश्नुकुमार श्रेष्ठ, उपाध्यक्षमा सुमन शाही ,सचिवमा गणेशराज बास्तोला , कोषध्यक्षमा अभिमान सिंह बस्नेत, सहसचिवमा झलक आले , सदस्यहरुमा किरण थापा, रामचन्द्र बि.क. शेर महमद, लक्ष्मी लौडारी, मुवारक हुसेन र मन बहादुर बयलकोटी चयन गरेको छ  त्यस्तै समितिका वरिष्ठ सल्लाहकारमा नेखुराम खड्की , सल्लाहकारमा हर्षमान श्रेष्ठ , मानबहादुर केसी , शान्ति सुर्खाली र बलप्रसाद शाही छन् ।

त्यसैगरी उक्त कार्यक्रममा व्यवसायी समितिका निवर्तमान सचिव गणेशराज बास्तोलाको प्रतिवेदन र निवर्तमान कोषध्यक्ष सुमनराज शाहीले आथिक वर्ष २०७७/०७८ सालको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?