
दमौली : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत तनहुँले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय सुनाएका फरार प्रतिवादी बुधवार पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–२ उत्तरशीला टोल बस्ने ४८ वर्षीय विनोद शाक्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
उनलाई बुधबार सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खाँणले बताए। निज विरुद्ध तनहुँ अदाललते विसं २०६० असोज २८ गते पाँच वर्ष कैद सजाय तोकेको थियो ।
अदालत पेश गरिएकामा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?