साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग सामना गर्दैछ ।

साफ च्याम्पियनसिपको दोस्रो खेल नेपाली समय अनुसार राति पौने ९:४५ बजे खेल हुदैछ । नेपालले आज प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ ।

यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले हराएको थियो। श्रीलंकाले भने ३ अंक सोही नतिजाका साथ बंगलोदशलाई सुम्पिएको थियो।

हेड टु हेड हेर्दा नेपालभन्दा श्रीलंका बलियो देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा  श्रीलंकाको पक्षमा ६ खेल आफ्नो पक्षमा राख्दा नेपालले मात्र ३ खेल आफ्नो पक्षमा राख्दा सफल छन भने   ८ खेल बराबरीमा समाप्त भएको छ ।

आज साेमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्दैछन् । प्रतियोगितामा भारतको पहिलो खेल हो भने बंगलादेश लगातार दोस्रो जितकाे खोजीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?