प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने– नेपाल टेलिभिजन र रेडियो नेपाल यसै वर्षभित्र गाभ्ने तयारी

काठमाडौं : सरकारले प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन  गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ ।

नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्दै मिडिया काउन्सिल बनाउने सरकारको नीति तथा कार्यक्रममा छ ।

यस्तै नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने घोषणा पनि सरकारको  नीति तथा कार्यक्रममार्फत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?