चिन्तुटारमा जङ्गली च्याउ खाँदा ३ जना बिरामी

दमौली :  जङ्गली विषालु च्याउ खाँदा तनहुँ व्यास नगरपालिका–५ चिन्तुटारका एकै घरका तीन जना बिरामी परेका छन् ।बिहीबार विहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन् ।बिरामी पर्नेमा शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० वर्षीया मीनमाया तामाङ गुरुङ र ३२ वर्षीय छोरा थमन गुरुङ बिरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडले जानकारी दिए।

उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौलीस्थित दमौली अस्पतालमा उपचार गरिएको थियो ।

तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?