दमौली : तनहुँका स्थानीय तहले शिक्षा ऐन विपरित शिक्षक सरुवा गरेको भन्दै शिक्षक संगठनहरुले सच्याउन पर्ने माग गरेका छन् ।
शुक्रवार शिक्षक संघ संगठनहरुले संयुक्त विज्ञप्ती जारी गरी शिक्षकलाई तर्साउने, मनोबल घटाउने हिसाबले गरिएका सरुवा सच्याउन माग गरेका हुन् ।
‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ से प्रदत्त गरेको शिक्षा सम्बन्धी २३ वटा अधिकार भन्दा बाहिर गएर केही पालिकाले शिक्षकहरुलाई मनोबल घटाउने, त्रास पैदा गर्ने गरि सरुवा आत नै मच्चाएको प्रति पेशागत घोर भत्र्त्सना गर्दछौं । संघीय शिक्षा ऐन विपरीत स्थानीय तहले गरिने कामकाज अविलम्ब सच्याउन सम्बन्धित पक्ष र स्थानीय तहसँग जोडदार माग गर्दछौं ।”विज्ञप्तीमा उल्लेख गरिएको छ।
तनहुँ जिल्लाको केही स्थानीय तहले संघीय शिक्षा ऐन विपरीत पालिकास्तरीय शिक्षा ऐन जारी गरी संघीय शिक्षा ऐन विपरीत शिक्षकलाई सरुवा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
यदि स्थानीय तहले धैर्यता, सालिन अनुरोधलाई बेवास्त गरेमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावानी समेत संगठनहरुले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?