बाँदर आतंक रोक्नुपर्ने तनहुँका किसानहरुको माग

दमौली : खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि तनहुँका किसानहरुले बाँदर आतंक रोक्न सरकार संग माग गरेका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् ।

शनिवार तनहुँको व्यास नगरपालिका -३ अनसन चौतारीमा कोणसभा आयोजना गरिएको छ । कोण सभालाई सम्बोधन गदै स्थानीय, प्रदेश र संघीय सरकारले बाँदर नियन्त्रणको लागि पहल गर्नु पर्ने  माग गरेका छन् ।

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरुको भनाइ छ । वर्षेनी खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् ।

‘बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ,” बाँदर नियन्त्रणको माग गर्दै शनिवार दमौली आइपुगेको बन्दीपुरकाका विश्व सापकोटाले भने:, ‘बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, वर्षेनी दुःख गर्यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।’

सिसाघाटका कृषक लाल बहादुर पन्तले बादरलाई यहाँ बाट निकुन्ज तर्फ लैजानुपर्ने बताए । उनले बादरको ब्यबस्थापन नभएसम्म अन्नबाली राम्रोसग उत्पादन गर्न नसकिने बताए ।

‘दुःख गर्‍यो, मल हाल्यो खेती गर्‍यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ,’ बन्दिपुरकी अर्की कृषक राममाया रानाले भनिन : , ‘हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।’

“तनहुँ जिल्लाले राष्ट्रपाति बनायो , अर्थविद डा. स्वर्णिम वाग्ले समेतलाई संसद बनायो,’ एक जना किसानले भने : ‘ तर हाम्रो समस्यालाई उहाँहरुले ध्यान दिएन। ”

सरकारले आफुहरुको माग सम्बोधन गरेमा थप आन्दोलन गर्ने किसान हरुको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?