पौडी खेल्ने क्रममा मर्‍याङ्दी नदीले बगाएर भानुका नेपाली बेपत्ता

दमौली : तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा मस्र्याङ्दी नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा नजिकै रहेको सतदेबि मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनी घरबाट निस्किएका सोही ठाउँ बस्ने ३५ वर्षीय सुकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नेपाली मस्र्याङ्दी नदीमा पौडी खेल्न पुगेका थिए । पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएपछि इलाका प्रहरी कार्यालय तनहुँ, मनकामना गण तनहँबाट उद्धार सामग्री सहितको सशस्त्र प्रहरी बल स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीयवासीहरूले खोजी जारी राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?