दमौली :तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित अकलामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २१ वर्षीय बिमल थापा रहेका छन् ।
आइतवार साँझा रुखमा चढेर घाँस काट्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?