प्राज्ञिक विद्यार्थी परिषदद्वारा व्यास मार्ग क्षेत्रमा सरसफाइ कार्यक्रम

दमौली :”आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं “ भन्ने नाराका साथ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास एकाइद्वारा सरसफाइ कार्यक्रम आयोजन गरेको छ ।

परिषदको मासिक अन्तर्गत  शनिवार व्यास -४ स्थित व्यास मार्ग क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम आयोजन गरेको हो  ।

व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रम धेरै उत्कृष्ट र प्रशंसनीय कार्य रहेको बताउदै यो सस्थालाई आफुले सकेको आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका  छन् ।

प्राज्ञिक परिषद्ले गरेर समाजमा उदहारणीय र अनुकरणीय कार्य गरेको भन्दै नगरप्रमुख न्यौपानेले विधार्थीमा ज्ञान,शील र एकता आजको प्रमुख आबश्यक्ता भएको बताए ।

व्यास नगरपालिका-४ का वडाध्यक्ष मन बहादुर गुरुङले मानवले बाहिरी देखावटी ज्ञानले मात्र नभै भित्र मन सफा राख्न जरुरी भएको बताए । उनले परिषद्ले बैज्ञानिक र समय सान्दर्भिक सामाजिक कार्य गरेको भन्दै खुसी प्रकट गरे।

परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडाले असल व्यक्तिको निर्माणको  माध्यम द्वारा राष्ट्रको पुननिर्माण गर्ने गर्ने सकिने भन्दै विद्यार्थीको सकारात्मक परिवर्तन गर्नका लागि परिषद्ले देश भरि यस्तो सामाजिक एवं सेवाको कार्य गर्दै आएको बताए । साथै नेपालमा दलीय राजनीतिभन्दा  माथी रहेर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयमा कार्य गर्ने एक स्वतन्त्र विद्यार्थी सङ्गठन रुपमा देशको ७७ वटै जिल्ला कार्य गरिरहेको समेत जानकरी दिए ।

उक्त कार्यक्रममा व्यास नगरपालिका सरसफाई शाखाका प्रमुख एवं परिषदका नगर समिति संयोजक भाग्यशाली ढुङ्गाना , टोल विकास समिति,नगरपालिका कर्मचारी, सामाजिक कार्यकर्ता, बुद्धिजीवी,विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?