
दमौली : तनहुँको सदरमुकाम दमौलीमा भोली देखि राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । गण्डकी गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनमा भोलि देखि दुई दिने दोस्रो राष्ट्रिय साहित्य सम्मेलन गर्न लागेको हो ।
भाषा साहित्यको प्रवर्द्धन र दमौलीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ २६ र २७ गते साहित्य सम्मेलन तथा कविता प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारी(सगर उदास)ले जानकारी दिए ।
उक्त कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता, सम्मान तथा पुरुस्कार वितरण, स्मारिका लोकार्पण लगायतको विभिन्न साहित्य सम्बन्धी कार्यक्रम हुने अध्यक्ष सगर उदास बताए ।
उक्त कविता प्रतियोगितामा २ सय ३७ जना कविहरु सहभागी हुने जनाएको छ । कार्यक्रममा प्रथम हुनेलाई रु ५५ हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने छ जनालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतिष्ठानले हरेक महिना काव्य वाचन कार्यक्रम गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?