
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गर्मी बढेपछि एक हप्ताका लागि विद्यालयमा बिदा दिएको छ ।
अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय गराई २८ गते आइतवार देखि गाउँपालिका सबै विद्यालय एक हप्ता बिदा दिने निर्णय गरिएको आँबुखैरेनी गाउँपालिका प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए ।
केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण गाउँपालिकाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
नगरपालिकाले बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?