
दमौली : तनहुँको सदरमुकाम दमौली सहित चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । दमौलीको तापक्रम केही बर्ष यताकै धेरै आज (शुक्रबार) मापन गरिएको छ ।
दमौली स्थित मालपोत कार्यालयको ताप मापन यन्त्रमा शुक्रबारको तापक्रम ४१ डिग्री मापन गरिएको देखिन्छ। यो केही बर्ष यताकै धेरै तापक्रम हो ।
दमौलीमा गर्मीले जनजिवन समेत प्रभावित भएको छ । बजार र सडक क्षेत्रमा निकै कम मात्रामा सर्वसाधारण हिडेका छन् । जिल्लामा दुई साता अघिदेखि पानी परेको छैन ।
एक सातादेखि दमौलीको तापक्रम ३८ डिग्रीभन्दा माथि छ । मौसमविद्हरुले गर्मी अझै बढ्ने र लु लाग्ने भन्दै बाहिर ननिस्कन सचेत गराएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?