दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले सामाजिक कार्यमा रेडक्रसको भुमिका उल्लेखनीय रहेको बताएका छन् । शनिबार तनहुँको दमौलीमा आयोजित नेपाल रेडक्रस सोसाइटी तनहुँले आयोजना गरेको ‘राष्ट्रिय युवा नेतृत्व विकास प्रशिक्षण’ कार्यक्रमलाई सम्वोधन गर्दै नेता पौडेलले रेडक्रसप्रति युवपिँढीको पनि आकर्षण बढेको बताए ।
उनले देशमा भएका विपतका घटनमा सबैभन्दा पहिला रेडक्रसमा आवद्ध भएका मानिसहरु उद्धारमा लाग्दै आएको भन्दै यो संस्था सामाजिक कार्यमा विस्वमै अग्रपंतिमा छ । ‘अझै यो संस्थाप्रति गरिमा बढाउन रेडक्रसमा लागेका सदस्यहरुले जिम्मेवारी पुर्वक लाग्नुपर्छ,’ उनले भने ।
अहिलेको आवस्यकता रुपान्तरण पनि हो । तर राजनीतिलाई सामाजिक रुपमा रुपान्तरण गर्न सकिएको छैन । अव रेडक्रसमा आवद्ध भएका तपाइ युवापिढीहरु पनि सक्रिय रुपमा सामाजिक कार्यमा लाग्नुस् जसले गर्दा नेतृत्वमा पुग्न सहज पनि हुन्छ । पौडेलले आफु पनि विपत्तिका वेलामा रेडक्रससँग समन्वय गरेर काम गरेको स्मरण गरे ।
उनले अधिकांस समय रेडक्रस र यस संस्थासँग सम्वन्धित रहेर प्रशिक्षण दिएका थिए।
रेडक्रसले धेरैजसो युवा नेतृत्व परिचालन गर्नलाई युवानेतृत्व कार्यक्रमहरु ल्याउन थालेको नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले बताए । प्रशिक्षण कार्यक्रम तीन दिन सम्म चल्नेछ । सबैले सामाजिक मनोभावना लिएर हातेमालो गर्दै काम गर्नुपर्ने रेडक्रस तनहुँका सभापति डाक्टर कृष्ण प्रसाद गौतमले बताए ।
उनले देशभरका प्रतिनिधिहरुलाई बोलाएर यहाँ प्रशिक्षण दिन लागेको भन्दै प्रशिक्षणले रेडक्रसकर्मीलाई सहयोग पुग्ने बताए । ‘प्रायजसो सबै युवापिँढीले सहभागीता जनाएको पाइएको छ । यो राम्रो कुरा हो । यहाँ तपाइहरु प्रतिनिधित्व गरेर आउनुभएको छ । यहाँ प्रशिक्षणमा सिकेका कुराहरु तपाईको जिल्लामा गएर सबैलाई सेयर गर्नुहोला जसले गर्दा रेडक्रसका सदस्यहरुको नेतृत्वमा पनि विकास होस्,’ उनले भने ।
गौतमले तनहुँमा रक्त संचार केन्द्रको स्थापनाका लागि पहल भैरहेको बताए । रगतकै अभावमा कतिपयले ज्यान गुमाउनुपर्ने समस्या देखिएकाले रक्त संचार केन्द्र स्थापना भएपछि सहज हुने उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ,केन्द्रिय कार्यालय जुनियर युवा विभागको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखा अन्तर्गत जुनियर युवा समितिको आयोजनामा तनहुँको दमौलीमा तीन दिनसम्म चल्ने राष्ट्रिय युवा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाबाट आएका रेडक्रसका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । कार्यक्रम रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खलेले संचालन गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?