दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका– ५ रसौलीमा एक्साभेटरबाट खसेर खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मृत्यु हुनेमा सल्यान स्थायी घर भएका २५ वर्षीय खेमराज चलाउने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । चलाउनेको घटनास्थलमे मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँडले बताए ।
आँबुखैरेनी –२ मार्किचोकबाट भरतपुर चितवनका लागि २२० केभीको हाइटेन्सनको टावर निर्माण गर्न जाने कच्ची सडक बनाउँदै गरेको अवस्थामा ग ३ क ३९७४ नं.को एस्काभेटर शनिबार साँझ ७ बजे एक हजार पाँच सय मिटर तल खोचमा खस्दा सहचालकको मृत्यु भएको हो ।
एक्साभेटर चालक जिल्ला चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?