गर्मी बढेपछि बन्दीपुरका विद्यालय पनि भोलि देखि बन्द

दमौली : अत्याधिक गर्मी बढेपछि तनहुँको बन्दीपुर गाउँपालिकाले विद्यालय बन्द गराउने भएको छ । सोमवारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

तराइका जिल्लामा मात्रै नभएर पहाडी जिल्लामा पनि रेकर्ड तोड्ने गरेर तापक्रम बढिरहेको छ ।

अत्याधिक बढेको गर्मीले पठनपाठन प्रभावित र विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएकाले विद्यालय बन्द गराउने निर्णय गरेको शिक्षा अधिकृत विष्णु खत्री क्षेत्रीले जानकारी दिए ।

गर्मी अध्याधिक भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाले पनि विदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?