
दमाैली : तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित दुई सहकारी संस्थाले शैक्षिक सुधारका लागि गाउँपालिकालाई आर्थिक सहयाेग गरेकाे छ ।
भगवती बचत तथा ऋण सहकारी संस्थालेएक लाख २५ हजार र आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाले एक लाख ५० हजार सहयाेग गरेकाे छ ।
गाउँपालिकाले सुरु गरेकाे सामुदायिक विद्यालयकाे शैक्षिक सुधारका लागि दुई सहकारीले आइतबार उक्त रकम सहयाेग गरेका हुन् ।
सहकारीले गाउँपालिकाकाे विविध खर्च खातामा उक्त रकम जम्मा गरिदिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?