
व्यास नगरपालिका वडा नं. १४ केशवटारमा प्रथम तरुण कप २०७८ गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता समपन्न भएको छ । नेपाल तरुण दल व्यास-१४ को आयोजनामा बुधबार देखि केशवटारमा प्रथम तरुण दल कप पुरुष भलिबल प्रतियोगीता शुरु भएको थियो।
प्रतियोगीताको समापन समारोह व्यास-१४ का तरुण दल अध्यक्ष कर्ण सिं थापाको अध्यक्षता तथा नेपाल तरुण दल जिल्ला कार्यबाहक अध्यक्ष हिरा थापाको प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगिताको समापन सत्रमा तनहु जिल्ला भलिबल सघंक सचिब अशोक गिरि , व्यास-१४ का वडा अध्यक्ष काजिमान श्रेष्ठ, नेपाली कांग्रेस तथा व्यास-३ का वडा सदस्य रबिन पौडेल, व्यास-३ का वडा सदस्य लाल बहादुर थापा नेपाली कांग्रेस सभापति, नारी माया राना, उप-सभापति बाबु काजी श्रेष्ठ,नेपाली काङ्ग्रेस व्यास १४ का क्षेत्रीय प्रतिनिधिहरु युवराज,गोकुल थापा,गोपाल थापा सु. पदम बहादुर थापा,रबिन्द्र बराकोटी,नेपाली काङ्ग्रेसका व्यास १४ का कार्य समितिहरु,वडा सदस्य रिकेस थापा, केशवटार मा.वि का पुर्ब प्र.अ दुर्गा बहादुर आले विभिन्न टोलका समंयोजकहरु,युवा क्लबका अध्यक्षहरु लगाएतका अन्य अतिथिहरुको उपस्तिथि रहेको थियो ।
प्रमुख अतिथि हिरा थापाले मतब्य राख्दै नेपाल तरुण दल ब्यास १४ले जुन आयोजन गरेको छ “प्रथम तरुण दल कप” उदाहरणीया काम भएको र साचिकै व्यास १४ को गौरव रहेको बताएका थिए । साथै आगामी दिन हरुमा पनि निरन्तरता पाओस भन्दै सुभकामना सहित आयोजक टिमलाई धन्यवाद दिएका थिए ।तेस्तै भलिबल सघंक सचिब अशोक गिरि , व्यास-१४ का वडा अध्यक्ष काजिमान श्रेष्ठ, नेपाली कांग्रेस तथा व्यास-३ का वडा सदस्य रबिन पौडेल, बहादुर थापा नेपाली कांग्रेस सभापति, नारी माया रानाले आ-आफ्नो मतब्य राखेका थिए ।
बुधबारदेखि शुरु भएको भलिबल प्रतियोगिता चौथो दिन सम्म चलेको थियो ।निकै नै रोमान्चक खेलमा दर्शकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । प्रतियोगितामा जम्मा बाईस टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि डेडगाउँ नवलपुरले उपाधि कब्जा गर्न सफल भए । लांघाली युवा क्लब व्यास १४ ले द्वितीय स्थान हासिल गर्दा बन्दीपुर गाउपलिका वडा न. ३ सुकौराले तृतीय स्थान हात पार्न सफल भए। प्रतियोगिताको उत्कृस्ट खेलाडी डेडगाउँ नवलपुरकै रबिन गेल्चन चुनिए ।
उपाधि टिमका खेलाडीहरुले पचास हजार मेडल र प्रमाण पत्र प्राप्त गरे भने द्वितीय र तृतीय हुने टिमका खेलाडीहरुलाई क्रमश तीस हजार र पन्ध्र हजार मेडल तथा प्रमाणपत्र प्राप्त साथै बेस्ट खेलाडीलाई समेत दुई हजार पाँच सय का साथमा मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?