लामो समयपछि दमौलीमा वर्षा

दमौली : तनहुँको सदरमुकाम दमौलीमा सोमवार दिउँसो  हल्का वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।

यो प्रिमनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ ।

लामो समयसम्म दमौलीसहित तनहुँका विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?