नेपालमा मनसुन भित्रने तरखर

दमौली : नेपालमा मनसुनका लागि अनुकुल वातावरण बनेको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा मनसुन भित्रने अवस्थामा रहेको छ ।

तर प्रवेश गरिनसकेकाले औपचारिक घोषणा हुन बाँकी छ । आज मौसम सम्बन्धि विशेष बुलेटिन निकालेर औपचारिक रुपमा जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको तयारी छ ।

सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक दुई दिन तलमाथि हुने गरेको छ ।

आज जुन १४ तारिख हो । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?