
दमौली : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले बुधवार देवघाट गाउँपालिकालाई स्पष्टिकरण सोधेको छ ।
मृत्यु भइसकेको व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा भएको भन्ने उजुरी प्राप्त भएको भन्दै अख्तियारले स्पष्टिकरणसहितको प्रमाणित कागजपत्र पठाउन निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाउँपालिकाले मृत्यु भइसकेको व्यक्तिको खातामा २४ हजार ४०० रुपैयाँ भुक्तानी दिई राज्यलाई हानी नोक्सानी पुर्याइएको उजुरीमा उल्लेख छ ।
‘के कसरी मृत्यु भएका व्यक्तिको खातामा रकम निकासा गरिएको हो ? विस्तृत व्यहोरा खुलाई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्रतिक्रियासहित प्रमाणित कागजातहरुको प्रतिलिपि पठाइदिनुहुन अनुरोध छ’, अख्तियारले सोधेको पत्रमा लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?