गण्डकीले घरेलु मदिरा ब्राण्डिङ गर्ने

दमौली : गण्डकी सरकारले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्ने उद्धेश्यले घरेलु रक्सीलाई ब्राण्डिङ गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम मार्फत लोकल रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो ।

प्रदेशसभामा आज भएको बजेट भाषण मार्फत प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले आगामी आर्थिक वर्षमा आधुनिक प्रविधिको प्रयोग गर्दै घरेलु मदिराको ब्राण्डिङ र उत्पादनको आवश्यक अध्ययन गरिनेछ जनाएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?