असार १५ गते सम्ममा बैंक तथा निकाय नसच्चिए तनहुँका किसानले पुन : आन्दोलन गर्ने

दमौली : संयुक्त उद्योगी, व्यवसायी तथा कृषक संघले असार १५ गते सम्ममा बैंक तथा बित्तिया संस्था नसच्चिए तनहुँका किसानहरुले दोस्रो चरणको आन्दोलन बैंक विरुद्ध गर्ने घोषण गरेका छन् ।  शनिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै असार १५ गते सम्ममा सच्चिन नचाहने संघले दोस्रो चरणको बैंक विरुद्ध गर्ने जनाएको छ ।

“असार ३ र ४ गते भित्र आवश्यक पर्ने व्यवसायीहरुले पुनर्कर्जा, पुनर्तालिकिकरण, पुनसंरचना र आंशिक धितो फुकुवाका लागि आ-आफ्नो बैंकमा लिखित निवेदन दिन्छौँ, ” संघका अध्यक्ष लक्ष्मीभक्त खनाल भने :” असार ५ देखि ९ गते सम्म निवेदन माग स्वीकृत वा अस्वीकृत गरेको लिखित जवाफ पठाउने गृहकार्यको लागि बैंकलाई समय दिने र असार १० देखि १५ गते सम्ममा सच्चिन नचाहने बैंक र नियामक निकायलाई सच्चाउन संघर्षमा उत्रिने कार्यक्रम रहेको छ ।”

त्यस्तैगरी संघका संयोजक मित्र दुराले राजनितिक पार्टी भन्दा माथि उठेर बैंक तथा बित्तिया संस्था विरूद्ध सहभागी हुन आग्रह गरे ।  देशमा कृषकलाई राज्यले संरक्षण गर्नुको साटो कृषि गरेकालाई पनि बिस्थापित गर्ने तरिकाले अपहेलना गरेको उनले बताए ।

” अब आइन्दा कुनै पनि बैंकले घर घरमा गएर धम्क्याउने तनाब दिने कार्य गर्यो भने कृषक संघलाई खबर गर्नुस ,हामी आउछौ ।” मित्रले भने :’ कुखुरा पाल्ने ब्यबसायी हो भने कुखुरा र बाख्रा पाल्ने कृषक हो भने बाख्रा बैंकका प्रतिनिधिलाई दिएर पठाउने हो।”

नेपाली उद्योगी, व्यवसायी र कृषकहरुले कोभिड – १९ का सबै लहरहरु पार गरी हालसम्म आइपुग्दा आर्थिक मन्दी र बैंकिङ्ग सामन्तबादको गम्भीर सिकार हुनुपरेको तितो यथार्थ घाम जत्तिकै छर्लङ्ग भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?