दमौली : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमवार साँझ माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका- ७ बस्ने वर्ष ३३ को भिम भुजेल रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
सोमवार साँझ साढे ५ बजेतिर साँझ परेको वर्षाका कारण काम गरिरहेको बेला ढिस्को खसिएर उनीहरु घाइते भएका थिए। यस्तै बालुवाको ढिस्कोमा पुरिँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा सोही ठाउँका वर्ष ४५ को कृष्ण लिङदेल र उदयपुरको कटारी नगरपालिका -७ बस्ने वर्ष ४० बल बहादुर राई छन्। अन्य एक जना घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये बल बहादुर राईको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि पोखरा पठाइएको प्रहरी नायव उपरीक्षक खाँणले बताए । मुग्लिन पोखरा सडक योजना अन्तर्गत सडक छेउमा वाल बनाउने क्रममा ढिस्को खसेको थियो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?