व्यास नगरपालिकाका ९३ प्रतिशत योजना सम्झौता

व्यास नगरपालिका

दमौली :  तनहुँको व्यास नगरपालिकाले  चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न भएका छन् ।

नगरपालिकाले दिएको जानकारी अनुसार जेठ मसान्त सम्म  चालु आर्थिक बर्षमा १ हजार ३ सय १५  कुल योजना सञ्चालन गर्ने नीति अनुसार १ हजार २ सय २८ वटा योजनाको सम्झौता भएको, ८ सय १९ योजना सम्पन्न भई भुक्तानी लिइसकेको, ४ सय ९  वटा योजना अन्तिम चरणमा पुगेको, ८४ योजना  वटा सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित गर्न बाँकी रहेको नगरपालिकाको पूर्वधार विकास शाखाले जनाएको छ ।

नगरपालिकाले उपभोक्ता समिति र ठेक्का मार्फत संचालन गरिएको मा ९३ प्रतिशत योजनाको सम्झौता भएकोमा ६२ प्रतिशत  योजना सम्पन्न भएका छन् भने ३१ प्रतिशत योजना निर्माणधीन अवस्थामा रहेको र ७ प्रतिशत योजनाको सम्झौता नै नभएको योजना अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

उनका अनुसार ठेक्का मार्फत ६० योजना मध्ये ५६ योजना सम्झौता भएका थिए । जसमा २६ योजना सम्पन्न भई भुक्तानी लिईसकेको,३० योजना निर्माणधीन अवस्थामा र १ योजना सम्झौता नै नभएको तथा ३ योजनाको सुचना प्रकाशित हुन बाँकी रहेको छ ।

उपभोक्ता समिति मार्फत संचालित १ हजार २ सय ५५ योजनामा ७ सय ९३ योजना सम्पन्न भई भुक्तानी लिईएको छ भने ३ सय ७९ योजना निर्माणधीन अवस्थामा रहेका छन् । त्यस्तै ८३ योजना सझौता हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?