![](https://www.damaulionline.com/wp-content/uploads/2021/10/Dashain1.jpg)
नेपालीहरुको महान चाड बडा दसैं सुरु भएसँगै तनहुँको दमौली बजार क्षेत्रमा मानिसको भीड बढ्न थालेको छ । आईतबारको भीड देख्दा मानिसले कोरोना भाइरस संक्रमणको जोखिम बिर्सिसकेको आभाष हुन्थ्यो । भीडभाड भएतापनि व्यापारीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन् । दमौलीमा तनहुँ जिल्लाको सदरमुकाम भएकाले लत्ता कपडादेखि खाद्यान्नका सामान सहजै पाउने भएपछि यस क्षेत्रमा मानिसहरूको विशेष भीड लाग्ने गर्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैँ बिहीबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म दिन मनाउने गरिन्छ । यस वर्ष बडादसैँ टीका भने असोज २९ गते १०:२ मिनेटमा उत्तम साईत रहेको छ । अरु बेला बजारमा बस्ने मानिसहरु जन्म थलो धेरैको गाउँमा भएकाले टीका र जमरा थप्न लागि शहरबाटह गाउँ जाने मानिसहरु भिड बढीरहेको देख्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?