एक्लेफाँटमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी सवार लम्जुङको सुन्दरबजार नगरपालिका – ९ बस्ने  ५८ वर्षीय चन्द्र ब. गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तनहुँको आबुखैरेनी गाउँपालिका- २ मार्कीचोक घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका -३ बस्ने  ५५ वर्षीय राजु गुरुङ घाइते भएको प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए। दुर्घटनामा घाइते राजुको आबुँखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

मुग्लिन तर्फबाट लम्जुङ जानको लागि आउदै गरेको ना ६ ख ३०१६ न. को ट्रक र सोही दिशाबाट आउदै गरेको बा ७० प ९४७४ न. को मोटरसाइकल  नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?