दमौली : तनहुँको तनहुँको भानु नगरपालिका-९ बडहरेमा बस र कार एक–आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् ।
कार र बस ठोक्किँदा चालक मकवानपुर हेटौडा उपमहानगरपालिका – १४ का ३९ वर्षीय ३९ को ललितमान रुम्बा सहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेहरुमा चालक रुम्बा सहित सोहि ठाउँका ४१ वर्षीय रन्जन राना, ६५ वर्षीय झम्क गौतम, ५० वर्षीय मधुकर कार्की ३४ वर्षीय बिबेक गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँकाप्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
डुम्रे बेशिसहर सडक खण्डमा बेशिसहर बाट डुम्रे तर्फ जान आउदै गरेको प्र.३-१०२४ च ९८३७ न.को कार र बिपरित दिशाबाट जादै गरेको ग
१ख ४३७५ न.को बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
घाइतेको लाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
तस्विर : मनोज कुमार श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?