चितवन : नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै खसिरहेको पहिरो अझै रोकिएको छैन ।
पहिरो नरोकिएपछि पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए ।
बाटो हिजो देखि अवरुद्ध भएको छ । हिजो दिउँसो १ बजेदेखि खस्न थालेको पहिरो रोकिएको छैन ।
पहिरो रोकिने वित्तिकै पहिरो पन्छाउन मेशिनहरु तयारी अवस्थामा राखेको पण्डितले बताए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?