बरादीमा बस र मोटरसाइकल ठोक्किँदा धादिङका तामाङकाे मृत्यु

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -१ बरादी स्थित पेट्रोल पम्म नजिकै बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको नेत्रावती डबजोङ गाउँपालिका-४ का २७ वर्षीय सागर तामाङ  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको ग २ ख १२३५ नम्बरको बसमा सोही दिशाबाट आउँदै गरेको बाप्र ०२–०१५ प ६२३६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको तनहुँ प्रहरीले जानेको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार धादिङको नेत्रवती डबजोङ गाउँपालिका–२ बस्ने २७ वर्षीय सुरेन तामाङ घाइते भएका छन् । उनको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र बस चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जानेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?