रातिदेखि बन्द मुग्लिन–नारायणगढ सडक खुल्यो

मुग्लिन :  गएराति दुई बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । सडक बिहान सवा सात बजेदेखि खुलेको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर सडक छेउमा पल्टिएको ट्रक हटाएपछि बाटो खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुईतर्फी नै सडक खुलाइएको छ  तर, फेरि पनि पहिरोको जोखिम उच्च नै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन कार्यालयको आग्रह छ । यो सडक खण्ड बिहीवार देखि पटकपटक बन्द हुँदै र खुल्दै आएको छ

हिजो दिनभर बन्द भएर बेलुकीदेखि खुले पनि तुइनखोला नजिकै पहिलेकै ठाउँमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियोे । दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने यो सडक खण्डमा गएको बिहीवारदेखि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

सडकमाथिको पहाड पूरै खस्ने जोखिम रहेकाले यात्रा असुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?