दमौली : देशका केही स्थानमा पछिल्लो केही घण्टायता अति भारी वर्षा भएको छ ।
पछिल्लो ६ घण्टादेखि तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, स्याङजा, दाङ र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ ।
दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?