आज एसइईको नतिजा सार्वजनिक हुँदै

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए आज नतिजा सार्वजनिक गरिने जानकारी दिए । २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?