३.९५ जिपिए ल्याएर सत्यवती माविकी सिग्देल तनहुँमा प्रथम

दमौली : तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयकी आँचल सिग्देल २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसइइमा ३ दशमलव ९५ जिपिए ल्याएर तनहुँ जिल्लामै प्रथम भएका छन् ।

त्यस्तैगरी प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङबाट सत्यवती माविकै सृजन घिमिरेले ३ दशमलव ९२ जिपिए ल्याएर द्धितिय भएको  शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिए  ।

त्यस्तै  ८ ले ३ दशमलव ९० ल्याएका छन् । जसमा सत्यवती माविका ४ जना , दमौली आव मावि, पञ्चदेव मुनि मावि,फ्युचर स्टार मावि, देवघाटको परमानन्द गुरुकुलकाबाट एक जनाले प्राप्त गरेका छन् ।

३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच सय १८ छ । त्यसमध्ये साधारणसभातर्फ चार सय ९२ र प्राविधिक धारतर्फ २६ विद्यार्थी छन् ।

शाखा अधिकृत रेग्मीका अनुसार २.८ देखि ३.२ जिपिए ल्याउने साधारणतर्फ सात सय ३७ र प्राविधिक धारतर्फ ४६ गरी सात सय ८३, २.४ देखि २.८ जिपिए ल्याउने साधारणतर्फ एक हजार एक सय ४२ र प्राविधिक धारतर्फ ४१ गरी एक हजार एक सय ८३, २ देखि २.४ जिपिए ल्याउने साधारणतर्फ एक हजार चार सय ३५ र प्राविधिक धारतर्फ १८ गरी एक हजार चार सय ५३ विद्यार्थी छन् ।

१.६ देखि २ जिपिए ल्याउने साधारणतर्फ एक हजार एक सय ७८ र प्राविधिक धारतर्फ सात गरी एक हजार एक सय ८५, १.६ भन्दा तल जिपिए ल्याउने साधारणतर्फ तीन सय ७४ विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?