मुग्लिन : मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाउने कार्य जारी छ । चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिक शनिबार अपराह्न करिब ४ बजे पहिरो खसेको हो । सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध छ ।
पहिरो पन्छाउन अझै दुई/तीन घण्टाजति लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उपकरणको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
सो कार्यालयका अनुसार पहिरो गएको विपरीत दिशातर्फ घरहरू भएकाले पहिरो पन्छाउन कठिनाइ भएको छ । थप पहिरो नखसे दुई/तीन घण्टामा सडक खुलाइने कार्यालयले जनाएको छ ।
यसअघि, पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?